एकता अभियानमा सामेल हुन एमालेलाई प्रचण्डकाे अपिल
शुक्रबार, ०९ माघ २०८२, १७ : ५९
१
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आह्वान गरेका हुन् । मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसका लागि सबै बामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरुबिचको एकता जरुरी रहेको बताए।
उनले मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरुले पार्टीहरुबीचको एकता अभियानलाई तीव्रता दिएको समेत बनाए । संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरुको चलखेललाई रोक्न पनि सबै देशभक्तहरुले एकताबद्ध भएर अघि बढनुपर्ने अवस्था आएको बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण