एमालेले बनायो नारदमूनि रानालाई कैलाली–५ को चुनावी कमान्डर
सारांश
- नेकपा एमालेले कैलाली-५ मा नारदमुनि रानालाई चुनावी कमान्डर नियुक्त गरेको छ।
- रानाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल परिचालन समिति गठन गरिएको छ, जसले चुनावको तयारी गर्नेछ।
- यसअघि रानाले २०७४ मा चुनाव जितेका थिए भने २०७९ मा पराजित भएका थिए, तर यसपटक उनी चुनावी कमान्डर बनेका छन्।
धनगढी । नेकपा एमालेले कैलाली–५ मा पूर्व पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि रानालाई चुनावी कमान्डर बनाएको छ । शुक्रबार बसेको क्षेत्र नम्बर ५ को क्षेत्रीय समन्वय कमिटीको बैठकले रानाको संयोजकत्वमा चुनावी तयारीका लागि १ हजार १ सदस्यीय मूल परिचालन समिति गठन गरेको हो ।
समितिको उपसंयोजक पार्टीका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दलाई बनाइएको छ । यस्तै, रानाकै संयोजकत्वमा २५ सदस्यीय मूल निर्वाचन परिचालन समितिको सचिवालय पनि गठन गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले कैलाली–५ मा जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानालाई उम्मेदवार बनाएको छ ।
सचिवालयमा कैलाली–५ बाट प्रतिनिधित्व गर्ने विभिन्न तहका नेताहरूलाई सदस्य बनाइएको छ । ढुङ्गानाको चुनावी कमान्डर बनेका राना २०७४ सालमा कैलाली–५ मा कांग्रेस नेतृ आरजु राणालाई पराजित गरेका थिए भने २०७९ मा कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए ।
राना यस पटक पनि उम्मेदवारका आकाङ्क्षी थिए तर पार्टीले भने जिल्ला अध्यक्ष ढुङ्गानालाई टिकट दिएपछि उनी चुनावी कमान्डर बनेर पार्टीको उम्मेदवार जिताउन सक्रिय भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण