हरिबोलसहित सात नेता नेकपाबाट निष्कासित
सारांश
- नेकपाले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
- पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो।
- निष्कासनमा पर्ने अन्य नेताहरूमा महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध पार्टी निर्देशन विपरीत उम्मेदवारी गर्दा गरेको तथा सो कार्यमा सघाएको आरोपमा उनीहरुलाई कारबाही गरिएको हो ।
आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ, पार्टीबाट जारी विज्ञप्तिमा भनिएको छ ।
कारबाहीमा पर्नेमा गजुरेलसहित, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर),धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा), जिवछ साह (सिराहा) रहेका छन् ।
दाहालले सिन्धुली २ बाट र केसीले दाङ १ बाट उम्मेदवारी दिएका थिए ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण