जिम्बाब्वेमा बाढीले बगायाे सवारी साधन, ९ जनाको मृत्यु
जिम्बाब्वे । दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा ९ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार फिलाबुसी क्षेत्रको मुकुला गाउँ नजिक रहेको त्शाङ्गामुटोपे नदी पार गर्ने क्रममा टोयोटा नोआ गाडी अचानक बढेको बाढीको भेलमा फसेर बगेकाे हो ।
नदीमा पानीको बहाव अत्यधिक भएकाले चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ७ जना वयस्क र दुई जना बालबालिकासहित ९ जनाको घटनास्थलमै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि खोज तथा उद्धार कार्य सुरु गरिएको थियो, जसमा स्थानीय बासिन्दाको सक्रिय सहयोग रहेको थियो । लामो प्रयासपछि शुक्रबार सबै शव फेला पारिएको र अहिले मृतकहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले नदी तथा खोलाहरूमा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानहरूमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्ला महिनाहरूमा निरन्तर परेको मुसलधारे वर्षाका कारण जिम्बाब्वेका धेरै क्षेत्रहरू प्रभावित भएका छन् ।
बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिका कारण हालसम्म ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने देशभर सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ । सरकार तथा सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रहरूमा निगरानी बढाएको र जोखिम कम गर्न आपतकालीन तयारीलाई तीव्र बनाइएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण