पूर्वी नेपालको चुनावी अभियान सकेर काठमाडौँ फर्किए बालेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह पूर्वी नेपालका विभिन्न जिल्लाहरूको चुनावी अभियान सकेर शनिबार काठमाडौँ फर्किएका छन् ।
माघ ५ गते मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गरेका शाह धनुषाबाट सीधै झापा पुगेका थिए । झापा पुगेर शाहले माघ ६ गते आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसलगत्तै उनी कोशी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए ।
कोशी प्रदेशको भ्रमणका क्रममा उनले इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र धनकुटा जिल्लाका मतदाताहरूसँग सीधा भेटघाट गरेका थिए ।
उनी आज (शनिबार) सुनसरीबाट काठमाडौँ फर्किएका हुन् ।
कोशी प्रदेशमा रहँदा शाहले चुनावी कार्यक्रमअन्तर्गत कुनै पनि जिल्लामा औपचारिक भाषण वा सभा आयोजना गरेनन् । यस क्रममा उनी ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरको दर्शनका लागि समेत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण