मधेस हुँदै कोशीका ७ जिल्ला भ्याएर फर्किए बालेन
सारांश
- बालेन काठमाडौँबाट जनकपुर, कोशी प्रदेश हुँदै विराटनगर पुगे, जहाँ उनले समर्थक र उम्मेदवारहरूसँग भेटघाट गरे।
- उनले झापा, सुनसरी, मोरङ, इलाम, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा समर्थक र शुभचिन्तकहरूसँग भेटघाट गरे।
- विराटनगरबाट काठमाडौँ फर्किने क्रममा विमान ढिलाइ हुँदा समर्थकहरूले उनलाई एयरपोर्टमा भेटे।
विराटनगर । काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएर सोझै मधेस प्रदेशको राजधानी जकपुरको सभामा सहभागी भएका बालेन त्यसको ७ दिनपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन् ।
जनकपुरमा सभा गरेर उनले मेधेस प्रदेशमा केही भेटघाटका कार्यक्रमहरू गरे, त्यसपछि भने उनले आफ्नो ध्यान कोशी प्रदेशमा केन्द्रित गरे । माघ ५ गते साँझ कोशी प्रदेश प्रवेश गरेका उनी उक्त दिन उर्लाबारी नगरपालिका–७ पशुपतिमार्गमा रहेको आफ्नो ससुरालीमा बसे ।
त्यसको भोलिपल्ट बिहान केही भेटघाट गरेर उनी झापा निर्वाचन क्षेत्र ५ मा उम्मेदवारी दिन पुगे । उक्त दिन उनले उम्मेदवारी दिएर समर्थकहरूलाई भेटघाट गर्दै दमकमै बसेका थिए । भोलिपल्ट उनले आफ्नो निर्वाचन क्षेत्रका मात्रै होइन; झापा, सुनसरी र मोरङका ३ हजार बढी समर्थक र शुभचिन्तकलाई आफू बसेकै स्थानमा दमक–५ स्थित लक्की सिटौलाको घरमा भेटघाट गरे ।
त्यसपछि साँझ ४ बजे इलाम उक्लिएका उनले इलाम सदरमुकाममा बास बसे र समर्थकहरूलाई भेटे । भोलिपल्ट माघ ८ गते ताप्लेजुङको सदरमुकाम पुगेका उनले आफ्ना समर्थक र शुभचिन्तकहरूलाई भेटघाट गरेर पाथीभरा मन्दिरको दर्शनका लागि त्यसतर्फ प्रस्थान गरे, त्यस दिन माथिल्लो फेदीमा बास बसेका बालेन भोलिपल्ट ९ गते पाँचथर हुँदै तेह्रथुम लागे ।
तेह्रथुममा पनि समर्थकहरूसँग भेटघाट गर्दै बालेन शनिबार (१० गते) संखुवासभा पुगेका थिए । अन्य जिल्लामा औपचारिक रूपमा सामान्य कार्यक्रममा व्यक्तिगत कुराकानी गरेको भए पनि सामूहिक मन्तव्य नराखेका बालेनका तेह्रथुम र संखुवासभाका उम्मेदवारसँगै राखेर सामान्य कार्यक्रम भएको थियो ।
शनिबार बिहान संखुवासभाको कार्यक्रम सकेर बालेन धनकुटा आइपुगेका थिए । धनकुटाको भीमनारायण चोकबाट पैदल हिँड्दै मदन चोकसम्म मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय भए पनि उनी धनकुटा सदरमुकाम सवारीबाटै परिक्रमा गर्दै फर्केका थिए ।
त्यसपछि उनले सुनसरीको इटहरीमा समर्थकलाई गाडीबाटै हाइहेल्लो गरे । साँझ विराटनगर आइपुगेका उनले आफ्ना समर्थक र केही उम्मेदवारसँग भलाकुसारी गरे । त्यससँगै आजै साँझ उनी विराटनगरबाट काठमाडौँ लागेका छन् ।
विराटनगरबाट काठमाडौँ जाने ५ बजेको टिकट भए पनि उनको प्लेन १ घण्टा डिले भएको थियो । त्यतिञ्जेल उनी एयरपोर्ट रोडमा रहेको होटल पर्पल हेजमा बसेका थिए । उनी त्यहाँ बसेको थाहा पाएपछि ठुलो संख्यामा समर्थकको भिड जम्मा भएको थियो । यद्यपि बालेनले गाडीबाटै उनीहरूलाई अभिवादन गरेर विमानस्थल प्रवेश गरेका थिए ।
बालेनको कोशी प्रदेश भ्रमणले समर्थकहरू बढेको उक्त पार्टीका नेताहरू बताउँछन् । ताप्लेजुङका रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठले बालेन साहको आगमनले रास्वपाका समर्थक बढेका बताए । उनले भने, ‘हाम्रो पक्षमा माहोल बनेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण