नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ: जापानी राजदूत माएदा
काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास प्रयासमा जापानको सहयोग निरन्तर रहने बताए छन् । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ तथा जाइका अलमनाई एसोसिएसन नेपाल (जान) को ५२औँ वार्षिक समारोहमा शनिबार उनले नेपाललाई प्राविधिक, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीकै चाहनाबमोजिम जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
द्विपक्षीयसम्बन्ध सुदृढ गर्न जानले पुर्याएको योगदानप्रति आभार प्रकट गर्दै राजदूत माएदाले भविष्यमा यस सम्बन्धलाई अझ सुदृढ र दिगो बनाउन आवश्यक रहेको बताए । “आपसी संस्कार र संस्कृतिलाई प्रवर्द्धन गर्न जानले पुर्याएको योगदान प्रशंसनीय छ । नेपाल–जापान सम्बन्ध थप विस्तार गर्न आगामी दिनमा थप योगदान हुने अपेक्षा छ”, उनले भने ।
राजदूत माएदाले वर्तमान अवस्थामा जानको सदस्यता विस्तारमा नवयुवाहरूलाई प्रोत्साहन गर्नसमेत आग्रह गरे ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाल–जापान सम्बन्ध सुदृढ गर्न जानले पुर्याएको योगदानको प्रशंसा गर्दै निरन्तर सहकार्यको खाँचो औँल्याए । उनले नेपालको आर्थिक विकास, शान्ति, समृद्धि र दिगो विकासका लागि जाइकाले चार दशकदेखि शिक्षा, स्वास्थ्य, ऊर्जा, सुशासन, यातायात, कृषि, जनशक्ति विकास, एवं पूर्वाधारलगायत २१ वटा क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए।
प्रमुख प्रतिनिधि मात्सुजाकीले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा जापानी सहयोग निरन्तर जारी रहने वचनबद्धता गरे ।
जानका अध्यक्ष डा रामचन्द्र भुसालले जापान नेपालका लागि निःस्वार्थ, भरपर्दो र दिगो रूपमा सहयोग गर्ने असल मित्रका रूपमा रहेको बताए । उनले नेपाल–जापान सम्बन्धलाई सुदृढ गर्न जानका कार्यक्रम परिलक्षित रहेका बताए ।
अध्यक्ष भुसालले नेपालको सामुदायिक विकास, भूकम्पलगायत प्राकृतिक विपत्तिमा सहयोग र आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा जापानले गरेको सहयोगप्रति आभार प्रकट गरे ।
जानका उपाध्यक्ष किरण रुपाखेतीले जापानको ज्ञान, अनुशासन, कार्य संस्कृति तथा विकास दर्शनबाट प्रशिक्षित विज्ञहरूको सशक्त सञ्जालका रूपमा जानले विगत पाँच दशकभन्दा बढी समयदेखि काम गरिरहेको बताए । उनले जानले नेपाल र जापानबिचको जीवन्त, दिगो र भरोसायोग्य सेतुको भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण