मिनियापोलिसमा सङ्घीय एजेन्टद्वारा गोली हानी एक व्यक्तिको हत्या
सारांश
- मिनियापोलिस शहरमा सङ्घीय सुरक्षा अधिकारीको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ।
- सीमा सुरक्षा अधिकारीहरूले 'हिंसात्मक आक्रमणमा संलग्न' अवैध आप्रवासीलाई निशाना बनाएका थिए।
- मृतकले अधिकारीहरूलाई प्रतिरोध गरेपछि एक एजेन्टले आत्मरक्षाका लागि गोली चलाएका थिए।
वासिङ्टन डीसी । अमेरिकाको मिनियापोलिस शहरमा सङ्घीय सुरक्षा अधिकारीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। अमेरिकाको गृह सुरक्षा मन्त्रालयले १५:०५ जीएमटीमा उक्त घटना भएको पुष्टि गरेको छ।
मन्त्रालयकी प्रवक्ता ट्रिसिया म्याकलाफ्लिनका अनुसार सीमा सुरक्षा (बोर्डर पेट्रोल) अधिकारीहरूले “हिंसात्मक आक्रमणमा संलग्न रहेको आरोपमा खोजी सूचीमा रहेका अवैध आप्रवासी”लाई निशाना बनाएर कारबाही गरिरहेका थिए। सो क्रममा एक व्यक्ति ९ एमएमको सेमी–अटोमेटिक हतियारसहित अधिकारीहरू नजिक पुगेको बताइएको छ ।
“अधिकारीहरूले शंकास्पद व्यक्तिलाई निःशस्त्र पार्ने प्रयास गरे तर उनले हिंसात्मक रूपमा प्रतिरोध गरे,” म्याकलाफ्लिनले बताइन्। उनका अनुसार आफू र अन्य अधिकारीहरूको जीवन तथा सुरक्षामा खतरा महसुस भएपछि एक एजेन्टले आत्मरक्षाका लागि गोली चलाएका थिए।
घटनास्थलमै रहेका चिकित्सकहरूले तत्काल उपचार दिए पनि ती व्यक्तिलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो। प्रवक्ता म्याकलाफ्लिनका अनुसार मृतकसँग दुई वटा म्यागजिन थिए तर कुनै पहिचान खुल्ने कागजात थिएनन्।
घटनापछि केही प्रदर्शनकारीहरू घटनास्थलमा आइपुगेको र उनीहरूले कानुन कार्यान्वयनमा अवरोध तथा आक्रमण गरेको आरोप पनि मन्त्रालयले लगाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। हालैका महिनामा अमेरिकामा अध्यागमनका अधिकारीहरुको गोलि लागेर मान्छेको मृत्यु हुने वा घाइते हुने क्रम बढिरहेको समयमा अर्को घटना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण