ओली र बालेनसहित प्रधानमन्त्रीका उम्मेदवारबिच टुँडिखेलमा ‘पब्लिक डिबेट’ गरौँ : विश्वप्रकाश शर्मा
सारांश
- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केपी ओली, बालेन शाह र गगन थापाबीच टुँडिखेलमा सार्वजनिक बहसको प्रस्ताव गरेका छन्।
- शर्माले प्रधानमन्त्रीका उम्मेदवारहरूको पृष्ठभूमि, भिजन, योगदान र योग्यताका आधारमा बहस हुनुपर्ने बताए।
- ओलीले बहसका लागि तयारी देखाए पनि बालेन शाहले भने सहभागी नहुने बताएका छन्।
काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारहरू केपी शर्मा ओली, बालेन शाह र गगन थापाबिच टुँडिखेलमा ‘पब्लिक’ बहस हुनुपर्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेस पार्टी कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले पब्लिक बहसबारे सोधेको प्रश्नमा उपसभापति शर्माले यस्तो बताएका हुन् ।
‘मलाई के लाग्छ भने यदि त्यो डिबेट टुँडिखेलमा सारा मिडिया राखेर प्रश्न गरियो भने गजब हुन्छ’, शर्माले भने, ‘त्यो खालको कुरामा साथीहरूले सोच्नुभयो भने राम्रो हुन्छ ।’
उनले पूर्व प्रधानमन्त्री केपी ओली र प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बनेका बालेन शाहलाई आग्रह गर्दै भने,‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार ल्याइसकेपछि सबै उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर बोल्ने मात्रै होइन विभिन्न कुराहरू हेरौँ ।’
नेता शर्माले प्रस्तावित प्रधानमन्त्रीहरूको पृष्ठभूमि र योगदान समेत हेर्नुपर्ने बताए । ‘उहाँहरूको पृष्ठभूमि,संस्कार हेरौँ, उहाँहरूको भिजन हेरौँ । योगदान र योग्यता हेरौँ । पाँच वटा मापदण्डको जगमा डिबेट पनि गरौँ र निष्कर्ष पनि खोजौँ’, शर्माको सुझाव छ ।
भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका ओली, साह र थापासँग पब्लिक डिबेट गर्नुपर्ने माग आइरहेका बेला शर्माले यस्तो बताएका हुन् ।
यसका लागि ओलीले आफू तयार रहेको बताइसकेका छन् । तर ओलीले सामाजिक सञ्जालमार्फत डिबेटका लागि तयार रहेको बताएपनि शाहले ओलीसँग आफू डिबेटमा सहभागी नहुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण