नेपाल र साउदी अरबबिच आज श्रम सम्झौता हुँदै
काठमाडौं । नेपाल र साउदी अरबबिच पहिलो पटक औपचारिक रुपमा श्रम सम्झौता हुन लागेको छ । साउदीको राजधानी रियादमा आइतबार साँझ आयोजना हुने एक विशेष समारोहका बिच दुई देशका मन्त्रीहरूले सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उक्त सम्झौताको लागि श्रममन्त्री राजेन्द्रसिंह भण्डारी तीन सदस्यीय टोलीको नेतृत्व गर्दै साउदी प्रस्थान गरेका छन् । मन्त्री भण्डारीसँगै रहेका श्रममन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार साउदी पुगेर आज बेलुका सम्झौता हुने तयारी रहेको छ । साउदीको ३ बजे सम्झौता गर्ने कार्यक्रम तय भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
सम्झौतामा भण्डारी र साउदीका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजहीले सम्झौतामा हस्ताक्षर गर्नेछन् । विगत एक दशकदेखि मस्यौदामा छलफल र गृहकार्य भइरहेको यो सम्झौताले अन्ततः मूर्तरूप लिन लागेको हो ।
गत जेठमा जेनेभामा भएको प्रारम्भिक सहमति अनुसार, तत्कालका लागि सामान्य श्रम सम्झौता मात्र गर्न लागिएको हो । यसमा घरेलु श्रमिक सम्बन्धी प्रावधानहरू समावेश गरिएको छैन । मन्त्रालयका अनुसार घरेलु श्रमिकको हकमा थप सुरक्षा र ग्यारेन्टीका लागि छुट्टै गृहकार्य गरेर पछि सम्झौता गरिनेछ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डलाई आधार मानी तयार पारिएको छ। जसमा मानव तस्करी रोक्न र भर्ना प्रक्रियालाई पारदर्शी बनाउने, साउदी श्रम कानुन बमोजिम श्रमिकको पारिश्रमिक सुनिश्चित गर्ने, श्रमिकलाई झुक्याएर गरिने दोहोरो श्रम सम्झौताको अन्त्य गर्ने, म्यानपावर कम्पनीहरूले लिने चर्को शुल्क र ठगी नियन्त्रण गर्ने , पीडित श्रमिकका लागि कानुनी उपचार र न्यायको सहज पहुँच सुनिश्चित गर्ने र श्रमिक र रोजगारदाता दुवैको अधिकार र कर्तव्यको सम्मान गर्ने जस्ता विष समावेश गर्ने तयारी सरकारको छ ।
नेपाली श्रमिकका लागि साउदी अरब प्रमुख गन्तव्य मुलुक हो । हाल त्यहाँ करिब ४ लाख नेपालीहरू विशेषगरी निर्माण र सेवा क्षेत्रमा कार्यरत छन् । पछिल्लो १० वर्षमा १३ लाख ५२ हजारभन्दा बढी नेपाली साउदी गएका छन् । जसमा १ लाख ११ हजार महिला रहेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ लाख ५२ हजार नेपालीले साउदीका लागि श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण