बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी
सारांश
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भए।
- कांग्रेसकी देवकोटाले महिला क्लस्टरमा ६ हजार २३९ मत ल्याइन्, भने डा. दंगालले अन्य क्लस्टरमा ६ हजार २०५ मत प्राप्त गरे।
- एमाले र कांग्रेस गठबन्धनका उम्मेदवारले नेकपाका उम्मेदवारलाई पराजित गरे।
मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।
महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जितेकी हुन् । उनले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मत पाइन । झाले प्रदेश सभा तर्फ २५ र स्थानीय तह तर्फ ६३ मत पाइन । सोही पदमा उम्मेदवार बनेकी नेमकिपाकी कविता महर्जनले १९७ मत पाइन । उनले प्रदेश सभा तर्फ ३ र स्थानीय तह तर्फ २ मत पाइन् ।
प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।
अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. देवकोटाले ६ हजार २०५ मत सहित निर्वाचन जितेका हुन् । उनले प्रदेश सभा तर्फ ५९ मत र स्थानीय तह तर्फ १६२ मत पाएका थिए ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत पाए । उनले प्रदेश सभातर्फ २५ र स्थानीय तह तर्फ ६४ मत पाए । नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण