राष्ट्रिय झण्डाको मर्यादा राख्न गृह मन्त्रालयको अनुरोध, दुरुपयोग गरे कारबाही
सारांश
- गृह मन्त्रालयले राष्ट्रिय झण्डाको मर्यादित प्रयोग गर्न आग्रह गरेको छ र दुरुपयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ।
- मन्त्रालयले झण्डा प्रयोगसम्बन्धी कार्यविधि र कानुनको पालना गर्न अनुरोध गर्दै, उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ।
- झण्डालाई उल्टो पार्ने, जलाउने, व्यापारिक प्रयोजनमा प्रयोग गर्ने जस्ता कार्यहरू निषेध गरिएको छ, र निर्वाचनमा झण्डा प्रयोगसम्बन्धी नियम पालना गर्न आग्रह गरिएको छ।
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय गौरवको प्रतीक नेपालको झण्डाको मर्यादित प्रयोग गर्न आग्रह गर्दै दुरुपयोग गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै झण्डा प्रयोगसम्बन्धी कार्यविधि र कानुनको पालना गर्न सबैलाई अनुरोध गरेका हुन् ।
मन्त्रालयले ’राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ लगायत निर्वाचन आचारसंहिता, २०७२ र मुलुकी अपराध संहिता, २०७४ मा राष्ट्रिय झण्डाको प्रयोगका नियम र निषेधबारे स्पष्ट प्रावधान रहेको जनाएको छ ।
झण्डालाई उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, व्यापारिक प्रयोजनमा प्रयोग गर्ने, शरीरको कम्मरमुनि वा छातीमुनि लगाउने, वा भित्री कपडामा प्रतीक राख्ने जस्ता कार्यहरू पूर्णतः निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यी प्रावधानको उल्लङ्घन गरे कारबाही र सजायको व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।
दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा दश वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाउने नियमसमेत कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण