मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डकाे आग्रह

आइतबार, ११ माघ २०८२, १९ : ४४
आइतबार, ११ माघ २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

आइतबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा उनले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गर्नुका साथै सबै पक्षलाई समेट्नेगरी प्रतिनिधिसभा उम्मेदवार चयन गरिएको भन्दै अब पार्टीको पक्षमा माहोल बनाउन लाग्नुपर्नेमा जोड दिए ।

प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा जनमत, कार्यक्षमता र छविलाई आधार बनाइएकाले निर्वाचनमा राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको संयोजक दाहालको भनाइ थियो ।

संयोजक दाहालले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सकारात्मक बनेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप