बार्सिलोनाको शानदार जित, पुनः लालिगा तालिकाको शीर्षस्थानमा
सारांश
- बार्सिलोनाले ओभिएडोलाई ३-० ले हराएर ला लिगाको शीर्ष स्थान पुन: कब्जा गरेको छ।
- खेलको दोस्रो हाफमा डानी ओल्मो, राफिन्हा र लामिन यामालले गोल गरे।
- जितसँगै बार्सिलोनाको अंक ५२ पुग्यो, रियल मड्रिडलाई पछि पार्दै।
काठमाडौँ । बार्सिलोनाले ओभिएडोविरुद्ध ३–० को शानदार जित निकाल्दै लालिगा तालिकाको पहिलो स्थान पुनः आफ्नो कब्जामा लिएको छ । घरेलु मैदानमा भएको खेलमा बार्साले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीमाथि पूर्ण दबाब बनायो र नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलको दोस्रो हाफमा बार्सिलोनाले गोलको खाता खोल्यो । ५२औँ मिनेटमा डानी ओल्मोले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि नै राफिन्हाले गोल थप्दै बार्सिलोनाको पकड बलियो बनाए । खेलको ७३औँ मिनेटमा युवा प्रतिभा लामिन यामालले गोल गर्दै जितलाई थप आकर्षक बनाए ।
यस जितसँगै बार्सिलोनाको अंक संख्या ५२ पुगेको छ । यसअघि एक अंकको अग्रतासहित रियल मड्रिड तालिकाको शीर्षस्थानमा पुगेको थियो । तर बार्सिलोनाको यो जितपछि रियल ५१ अंकमा सीमित रहँदा बार्सा पुनः पहिलो स्थानमा फर्किएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण