म्याग्दीबाट कुष्ठरोग उन्मूलन
सारांश
- म्याग्दीमा कुष्ठरोग उन्मूलन भएको जानकारी दिइयो, जनस्वास्थ्य कार्यालयले जनायो।
- प्रमुखका अनुसार, प्रति १० हजारमा १ जनाभन्दा कम रोगी भए उन्मूलन मानिन्छ।
- गत वर्ष पहिचान भएका ३ सहित ४ जना उपचारमा छन्।
म्याग्दी । म्याग्दीबाट कुष्ठरोग उन्मूलन भएको जनाइएको छ । ७३औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार प्रदेश जनस्वास्थ्य कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा कुष्ठरोग उन्मूलन भएको जानकारी गराइएको हो ।
कार्यालयका प्रमुख भुवन ठकुराठीका अनुसार प्रति दश हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी भएमा उन्मूलन भएको मानिन्छ । “एक लाख जनसङ्ख्या भएको म्याग्दीमा पछिल्लो पाँच वर्षयता प्रति दश हजार बराबर एक जनाभन्दा कम कुष्ठरोगी पहिचान भएको आधारमा उन्मूलन भएको मानिएको हो,” उनले भने, “रोगी पहिचान गरी उपचारको दायरामा ल्याउनुका साथै भेदभाव र लाञ्छना विरुद्ध सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।”
चालु आर्थिक वर्षमा हालसम्म मालिका गाउँपालिकामा एक जनामा मात्र कुष्ठरोग पहिचान भएको छ । गत वर्ष पहिचान भएका तीनसहित चार जना नियमित उपचारमा छन् । आर्थिक वर्ष २०७७/०७८ मा सात जना, २०७८/०७९ मा शून्य, २०७९/०८० मा तीन जना, २०८०/०८१ र २०८१/०८२ मा पाँचरपाँच जना कुष्ठरोगी पहिचान भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण