सनराइजर्स इस्टर्न केपको ह्याट्रिक : प्रिटोरियालाई हराउँदै दक्षिण अफ्रिकी टी–२० लिगको च्याम्पियन
सारांश
- सनराइजर्स इस्टर्न केपले प्रिटोरिया क्यापिटल्सलाई हराउँदै एसए२० को चौथो सिजनको उपाधि जित्यो।
- फाइनल खेलमा ब्रेभिसको शतकको बाबजुद प्रिटोरियाले १५८ रन मात्र बनाउन सक्यो, यानसनले ३ विकेट लिए।
- ब्रिट्जके र स्टब्सको अविजित साझेदारीले सनराइजर्सलाई जित दिलायो, स्टब्सले अन्तिम ओभरमा छक्का प्रहार गरे।
केपटाउन । सनराइजर्स इस्टर्न केपले दक्षिण अफ्रिकी टी–२० लिग (एसए२०) को चौथो सिजनको उपाधि चुम्दै इतिहास रचेको छ।
आइतबार केपटाउनको न्यूल्यान्ड्स मैदानमा भएको फाइनल भिडन्तमा प्रिटोरिया क्यापिटल्सलाई ६ विकेटले पाखा लगाउँदै सनराइजर्सले तेस्रो पटक च्याम्पियन बन्ने गौरव प्राप्त गर्यो। यसअघिका सुरुआती दुई सिजनमा पनि उपाधि कब्जा गरेको सनराइजर्सले लिगमा आफ्नो एकछत्र प्रभुत्व कायम राखेको छ।
टस जितेर पहिले बलिङ रोजेको सनराइजर्सका बलरहरूले कसिलो प्रदर्शन गरे पनि डेवाल्ड ब्रेभिसको विष्फोटक ब्याटिङले प्रिटोरियालाई सम्मानजनक स्कोरमा पुर्यायो। ब्रेभिसले ५६ बलमा ८ चौका र ७ छक्काको मद्दतले १०१ रनको शतकीय इनिङ खेले। उनी एसए२० को फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन्।
तर, अन्य ब्याट्सम्यान नचल्दा प्रिटोरियाले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। सनराइजर्सका मार्को यानसनले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चिएर ३ विकेट लिए।
१५९ रनको लक्ष्य पछ्याएको सनराइजर्सको सुरुआत निकै खराब रह्यो। मात्र ४८ रनको स्कोरमा ४ विकेट गुमाएर संकटमा परेको टोलीलाई म्याथ्यू ब्रिट्जके र कप्तान ट्रिस्टन स्टब्सले उद्धार गरे। यी दुई ब्याट्सम्यानले पाँचौँ विकेटका लागि अविजित ११४ रनको साझेदारी गर्दै १९.२ ओभरमै जित सुनिश्चित गरे।
ब्रिट्जकेले ६८ रन बनाए भने कप्तान स्टब्सले ६३ रनको योगदान दिए। स्टब्सले २०औँ ओभरको पहिलो दुई बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई सनसनीपूर्ण जित दिलाए।
यो जितसँगै सनराइजर्सले क्वालिफायर–१ मा प्रिटोरियासँग व्यहोरेको हारको बदला समेत लिएको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका क्विंटन डिकोक सिजनकै सर्वाधिक रन बनाउने खेलाडी बने। उनले १२ खेलमा ३९० रन जोडे। उपविजेता टोलीका डेवाल्ड ब्रेभिस ३७० रनसहित दोस्रो स्थानमा रहे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण