गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो : सुदन गुरुङ
सोमबार, १२ माघ २०८२, १० : ३५
सारांश
- रास्वपाका सुदन गुरुङले जेनजी आन्दोलनमा पहिले गोली चलेको र त्यसपछि सिंहदरबार जलेको बताए।
- उनले सामाजिक सञ्जालमा लेख्दै तत्कालीन सरकारले गोली चलाएपछि सिंहदरबार जलेको उल्लेख गरे।
- गुरुङले चेतावनी दिँदै बच्चाहरू ढलेपछि मात्र संरचना जलेको स्मरण गराए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा पहिला गोली चलेको र त्यसपछि सिंहदरबार जलेको बताएका छन ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले तत्कालीन सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन् ।
‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो । बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो । स्मरण रहोस् !’, चेतावनी शैलीमा गुरुङले सोमबार सामाजिक सञ्जालमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण