फिल्म ‘कुमारी’ अस्ट्रेलिया, अमेरिका र क्यानडा पनि रिलिज हुने
सारांश
- चलचित्र 'कुमारी' माघ २३ गते नेपालमा रिलिज हुने भएको छ।
- निर्माता महेन्द्र अधिकारीका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वमा पनि फिल्म प्रदर्शन हुनेछ।
- फिल्मको ट्रेलरले दर्शकको उत्साह पाएपछि अन्य देशबाट पनि प्रदर्शनको माग आएको छ।
काठमाडौँ । माघ २३ गते स्वदेशमा प्रदर्शन हुने फिल्म ‘कुमारी’ अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन हुने भएको छ । निर्माता महेन्द्र अधिकारीले यी देशको फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिए ।
फिल्म अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले प्रदर्शन गर्न लागेको हो ।
फिल्मको ट्रेलरले पाएको सफल प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशहरूबाट समेत प्रदर्शनका लागि माग आइरहेको निर्माता अधिकारीको भनाइ छ ।
काठमाडौँको भृकुटीमण्डपमा फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । दिनेश राउत निर्देशित फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा लगायत कलाकारहरूको अभिनय छ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । छायाङ्कन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । फिल्मको कार्यकारी निर्माता केदार भुसाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण