डुङ्गा डुब्दा ५० जना बेपत्ता
काठमाडाैँ । भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा सवार यात्रुहरु मध्ये एकजना जीवित रहेको पुष्टि भएको छ भने ५० जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले जनाएको छ ।
जीवितै उद्धार गरएिका व्यक्तीलाई व्यापारी जहाजले उपचारका लागि माल्टाको अस्पतालमा लगेको जनाइएको छ । उहाँका अनुसार उक्त डुङ्गा लिबियाबाट भूमध्यसागरमा आएको थियो भने दुर्घटनाग्रस्त डुङ्गालाई समातेर पानीमा तैरिरहेको अवस्थामा उहाँलाई उद्धार गरिएको थियो ।
दुर्घटना पछि, तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको भएता पनि अझै ५० जना बेपत्ता रहेको जनाइएको छ ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को तथ्याङ्कले यस वर्षको सुरुदेखि भूमध्यसागरमा १४ जना बेपत्ता भई मृत पुष्टि भएको देखाएको छ भने सन् २०२४ मा यो मार्गमा मृत्यु र बेपत्ता हुनेहरूको सङ्ख्या एक हजार ८७३ पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण