चलचित्र विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन समितिबाट पारित
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले चलचित्र विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।
समितिका सभापति तुलसाकुमारी दाहालको अध्यक्षतामा साेमबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन पारित गरेको र उक्त प्रतिवेदन मङ्गलबार राष्ट्रियसभामा पेस हुने जनाइएको छ ।
प्रतिवेदनमा चलचित्र विकास बोर्डको स्वायत्तता, चलचित्र छायाङ्क गर्ने बेलामा पठाउने अधिकृतको काम, कर्तव्य र अधिकार ऐनमै लेख्ने, चलचित्र सेन्सर बोर्डका ठाउँमा प्रमाणीकरण समिति र चलचित्रलाई वर्गीकरण गरेर जानेलगायत विषय रहेका छन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उक्त ऐनमा ४४ दफामा परिमार्जन गरिएको हुँदा यसबाट चलचित्र क्षेत्रले सामाजिक, सांस्कृतिक र मनोरञ्जन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालको आर्थिक, सांस्कृति तथा मनोरञ्जन आफैँमा महत्त्वपूर्ण क्षेत्र भएकाले यो क्षेत्रलाई मर्यादित र समयसामयिक बनाउनुपर्ने आवश्यकता भएकाले संशोधन गर्नुपरेको उनले स्पष्ट पारे ।
समितिका सभापति दाहालले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने उल्लेख गर्दै उक्त प्रतिवेदनले यस क्षेत्रलाई थप विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण