बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित
काठमाडौँ । फ्रान्सको राष्ट्रिय सभाले सोमबार १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ ।
अनलाइनमा हुने दुर्व्यवहार, साइबर बुलिङ र मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावप्रति बढ्दो चिन्ताबिच यो कदम चालिएको हो ।
विधेयकमा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्मभित्र रहेका सामाजिक नेटवर्किङ सुविधाहरू प्रयोग गर्न रोक लगाउने प्रस्ताव गरिएको छ ।
राष्ट्रिय सभामा भएको मतदानमा ११६ सांसदले विधेयकको पक्षमा र २३ जनाले विपक्षमा मत दिएका थिए ।
अब यो विधेयक माथिल्लो सदन सिनेटमा पठाइनेछ । त्यहाँबाट स्वीकृत भएपछिमात्र अन्तिम मतदानका लागि पुनः राष्ट्रिय सभामा पेस गरिनेछ ।
युवामाझ बढ्दो हिंसा र व्यवहारगत समस्यामा सामाजिक सञ्जाल पनि एक कारण रहेको राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएका छन् ।
अस्ट्रेलियाको उदाहरण दिँदै फ्रान्सले पनि कडा नीति अपनाउनुपर्ने धारणा म्याक्रोले राख्दै आएका छन् ।
अस्ट्रेलियाले गत डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानुन लागु गरेको छ । म्याक्रोले यो प्रतिबन्धलाई आगामी सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण