निजी साझेदारी मोडेलका सबै परियोजना अघि बढाउन अर्थमन्त्रीको निर्देशन
सारांश
- अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा आएका परियोजनालाई अघि बढाउन निर्देशन दिए।
- लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजना प्रस्ताव र नीतिबारे जानकारी गराए।
- बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायतका परियोजनाका प्रस्ताव प्राप्त भएका छन्।
काठमाडौँ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले मंगलबार लगानी बोर्डमा प्रस्तावित भई आएका सार्वजनिक निजी साझेदारी मोडेलका सबै परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औँ बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरूलाई अघि बढाउन निर्देशन दिएका हुन् ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्तावहरू र नीति तयारीका विषयमा जानकारी गराएका थिए ।
ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जल विद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रीन हाइड्रोजन, पोडवे लगायतका प्रस्तावहरू प्राप्त भएका छन् ।
त्यसैगरी बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ वटा परियोजना स्वीकृत भएको जानकारी गराएका थिए ।
बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँगको समन्वय लगायतका विषयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक सहजीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण