अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुर मृत फेला
मङ्गलबार, १३ माघ २०८२, २१ : २८
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन् ।
आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन् । उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका–१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।
तामाङको शव उत्तर दक्षिण कोशी राजमार्गको नालीमा मृत अवस्था फेला परेको प्रहरी जनाएको छ ।शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण