मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा चुनावी मैदानमा
सारांश
- मधेस प्रदेशमा फागुन २१ गते हुने निर्वाचनमा ५८ जना जेनजी पुस्ताका युवा उम्मेदवार बनेका छन्।
- यीमध्ये ४१ जना स्वतन्त्र र १७ जना विभिन्न राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका छन्।
- युवा विश्लेषकका अनुसार युवाको बढ्दो सक्रियताले पुराना राजनीतिक अभ्यासमा परिवर्तन ल्याउने विश्वास छ।
जनकपुरधाम । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा उम्मेदवार बनेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार तीमध्ये दुईजना महिला र ५६ जना पुरुष रहेका छन्।
आयोगका अनुसार जेनजी पुस्ताका उम्मेदवारमध्ये ४१ जना स्वतन्त्र र १७ जना विभिन्न राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका हुन्। युवाको बढ्दो राजनीतिक सक्रियताले यसपटकको निर्वाचनलाई थप रोचक बनाउने विश्वास गरेको छ।
दलगत रूपमा हेर्दा उज्यालो नेपाल पार्टी र जनमत पार्टीले ३–३ जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएका छन्। श्रम संस्कृति पार्टीले दुईजना युवा उम्मेदवार उठाएको छ। यसैगरी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, आम जनता पार्टी, जन अधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले एक–एक जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएका छन्।
उज्यालो नेपाल पार्टीले सिराहा क्षेत्र नम्बर ३ बाट २६ वर्षीय सर्वन पासवान, महोत्तरी १ बाट २८ वर्षीय मनोज कुमार गुप्ता र रौतहट २ बाट २५ वर्षीय रामाकान्त प्रसाद पटेललाई उम्मेदवार बनाएको छ। जनमत पार्टीले महोत्तरी १ बाट २७ वर्षीय वीरेन्द्र महतो, रौतहट २ बाट २८ वर्षीय सोनु कुस्वाहा र रौतहट ४ बाट २८ वर्षीय राम कल्याण राउतलाई उम्मेदवार बनाएको छ।
श्रम संस्कृति पार्टीले सिराहा क्षेत्रबाट २६ वर्षीय पंकज कुमार ठाकुर र पर्सा १ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेले सर्लाही ४ बाट पूर्व सांसद शिव पूजन यादवको छोरा २७ वर्षीय कम्युनिस्ट कुमार यादवलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सिराहा १ बाट युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेका २८ वर्षीय बब्लु गुप्तालाई उम्मेदवार बनाएको छ।
नेकपाले बारा ४ बाट २७ वर्षीय अजय कुशवाहालाई उम्मेदवार बनाएको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरी २ बाट २७ वर्षीय अजयकुमार दास र नेपाल मजदुर किसान पार्टीले सोही क्षेत्रबाट निलम कुमारी यादवलाई उम्मेदवार बनाएको हो।
यसपटक निर्वाचनमा जिन्जी पुस्ताको उल्लेखनीय सहभागिताले मधेस प्रदेशको राजनीतिक नेतृत्वमा पुस्तान्तर संकेत दिएको युवा विश्लेषक रन्धीर चौधरीले बताए। उनका अनुसार युवाको उपस्थितिले पुराना राजनीतिक अभ्यासमा परिवर्तन ल्याउने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण