खराब मौसमले उडान प्रभावित : एयर इन्डियाका जहाज डाइभर्ट, केही होल्डमा
सारांश
- खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भयो।
- एयर इन्डियाका दुईवटा जहाज अवतरण गर्न नसकी डाइभर्ट भए, भने केही जहाज होल्डमा परे।
- मौसममा सुधार आएसँगै होल्डमा रहेका जहाजहरू अवतरण हुन थालेका छन्।
काठमाडौँ । खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गरिएको छ ।
त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाका दुईवटा जहाजहरू भिजिबिलिटी कम भएका कारण अवतरण गर्न नसकी डाइभर्ट भएका छन् । ती जहाजहरूका लागि आवश्यक पर्ने न्यूनतम भिजिबिलिटी नभएपछि डाइभर्ट गरिएको हो ।
यस्तै, चीनबाट आएको चाइना साउदर्न र दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइड बडी विमानलाई सिमराको आकाशमा केही समय होल्ड गरिएको थियो । निगमको जहाज झन्डै आधा घण्टाभन्दा बढी समय होल्डमा बसेको थियो ।
निमित्त महाप्रबन्धक सिटौलाले केही जहाजलाई अवतरणका लागि २२०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा केही समयअघि २००० मिटर मात्रै रहेकाले अवतरणमा समस्या भएको जानकारी दिए । उनका अनुसार एयर इन्डियाको हकमा बढी भिजिबिलिटी चाहिने भएकाले ती जहाजहरू डाइभर्ट भएका हुन् ।
यद्यपि अहिले मौसममा क्रमिक सुधार आएसँगै भिजिबिलिटी २५०० मिटर पुगेको र होल्डमा रहेका जहाजहरू अवतरण हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ । खराब मौसमका कारण आन्तरिक उडानहरू पनि केही समय प्रभावित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण