अमेरिकाकी अर्थतन्त्रप्रति उपभोक्ताको विश्वास खस्किँदै
सारांश
- अमेरिकामा उपभोक्ता आत्मविश्वासमा तीव्र गिरावट आएको छ, जुन सन् २०१४ यताकै तल्लो स्तरमा पुगेको छ।
- भूराजनीतिक तनाव, बढ्दो महँगी र व्यापार युद्धका कारण उपभोक्ताको विश्वास घट्दै गएको छ।
- मूल्यवृद्धि, इन्धनको उच्च मूल्य र रोजगारीप्रतिको निराशाले उपभोक्तामा नकारात्मक भावना बढाएको छ।
वासिङटन डीसी । अमेरिकामा उपभोक्ता आत्मविश्वासमा तीव्र गिरावट आएको छ । भूराजनीतिक तनाव, बढ्दो महँगी तथा राष्ट्रपति डोनल्ड ट्रम्पले एकपछि अर्को देशसँग व्यापार युद्ध छेडिरहेको अवस्थामा अर्थतन्त्रप्रति उपभोक्ताको विश्वास खस्किँदै जनवरीमा २०१४ यताकै तल्लो स्तरमा पुगेको छ ।
‘द कन्फरेन्स बोर्ड’को मासिक सर्वेक्षणअनुसार उपभोक्ता आत्मविश्वास सूचकांक जनवरीमा ९ दशमलव ७ अंकले घटेर ८४ दशमलव ५ अंकमा झरेको छ । यो सन् २०१४ को मे महिनामा देखिएको ८२ दशमलव २ अंकको स्तरसँग नजिक छ । यो सूचकांक ८० भन्दा तल झर्नुलाई आर्थिक मन्दीको संकेतका रूपमा लिइन्छ ।
जनवरीमा उक्त सूचकांक ९१ दशमलव १ अंकमा रहने अनुमान डेटा कम्पनी फ्याक्टसिटले गरेको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरूले गरेका थिए । तर सर्वेक्षणका नतिजाले हालको आर्थिक अवस्था र भविष्यप्रतिको अपेक्षा दुवैमा उपभोक्ता मनोबलमा ठूलो गिरावट आएको देखाएको छ ।
अहिलेको आर्थिक अवस्था मापन गर्ने सूचकांक ११३ दशमलव ७ अंकमा झरेको छ भने आगामी छ महिनाको अर्थतन्त्र, आय र रोजगारीको अवस्थाबारे उपभोक्ताको अपेक्षा मापन गर्ने सूचकांक ६५ दशमलव १ अंकमा सीमित भएको छ ।
मूल्यवृद्धि, इन्धन तथा किराना सामानको उच्च मूल्य, रोजगारीप्रति निराशावादी दृष्टिकोणलगायत कारणले उपभोक्तामा गहिरो नकारात्मक भावना फैलिएको विशेषज्ञहरूले बताएका छन् । सर्वेक्षणका प्रतिक्रियामा मूल्य, व्यापार नीति, राजनीति, स्वास्थ्य बीमा तथा सम्भावित युद्धजस्ता विषयहरू बढी उल्लेख भएका छन् ।
यसले विशेषगरी मध्यम तथा तल्लो आय वर्गका परिवारहरू आफ्ना खर्च र भविष्यप्रति असन्तुष्ट रहेको संकेत गरेको छ । उपभोक्ता आत्मविश्वासमा आएको यति ठूलो गिरावटले नीति–निर्माताहरूलाई महँगी नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक सुरक्षा सुदृढीकरणतर्फ ध्यान दिन थप दबाब पर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण