फागुन २१ गते हुने निर्वाचनको सान्दर्भिकता विगतको भन्दा बढी छ : जीवनबहादुर शाही
सारांश
- पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले फागुन २१ गते हुने निर्वाचनको महत्त्वबारे प्रकाश पारे।
- उनले लोकतन्त्रमाथि आएको संकट र संविधानका उपलब्धिको रक्षाका लागि चुनावको महत्व रहेको बताए।
- चुनावमार्फत लोकतन्त्र र लोकतान्त्रिक पद्धतिको विकास गर्नु अहिलेको मुख्य कर्तव्य हो।
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको सान्दर्भिकता र महत्त्व विगतको भन्दा बढी नै रहेको बताएका छन् । एक अपिल गर्दै शाहीले अहिले भइरहेको चुनावलाई विशेष रूपमा हेरिनुपर्ने बताएका हुन् ।
उनले अपिलमा नेपालको संविधान २०७२ बाट प्राप्त उपलब्धिको हरण र लोकतन्त्रमाथि सङ्कट आएको पनि उल्लेख गरेका छन् ।
‘यस्तो अवस्थामा हुन गइरहेको चुनावको महत्त्व विगतको भन्दा बढी नै छ,’ उनले भनेका छन्, ‘हरण भएको लोकतन्त्र र लोकतान्त्रिक पद्धतिलाई यो निर्वाचनले लयमा फर्काउनु छ ।’
चुनावको जनादेशमार्फत् राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानबाट प्राप्त सङ्घीयता, समावेशिताजस्ता जन उपलब्धिहरूको संस्थागत विकास गर्नु नै अहिलेको प्रमुख कर्तव्य भएको पनि उनले बताएका छन् ।
साथै, विकास, सुशासन, शान्ति, स्थायित्वको जनआकाङ्क्षा पूरा गर्नु सबै नेपालीको पहिलो कर्तव्य भएको उनको भनाइ छ । कांग्रेसले विकास, सुशासन, शान्ति प्रवर्द्धन, स्थायित्व, लोकतन्त्रको रक्षाका लागि सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण