‘सोझासिधा रुकुमेली जनतालाई युद्धमा होम्नेले तीन पटक प्रधानमन्त्री हुँदा के दियौ ?’
काठमाडौँ । देश निर्वाचनमा होमिएको छ । देशैभर चुनावी माहोल तातेको छ । केही जिल्लाका केही निर्वाचन क्षेत्र अझ बढी चर्चामा छन् । तिनैमध्ये एक हो– लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले रुकुम पूर्वबाट निर्वाचन लड्ने घोषणा गरेसँगै यो जिल्लाले यस पटकको निर्वाचनमा थप चर्चा पाएको हो । प्रचण्ड उम्मेदवार रहेका कारण उनीसँग प्रतिस्पर्धा गर्ने अन्य दलका उम्मेदवारबारे पनि मानिसमा चासो छ ।
प्रचण्डसँगै प्रतिस्पर्धामा उत्रिएकी एक उम्मेदवार हुन् कुसुम थापा मगर । उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो । प्रतिनिधिसभाकी निवर्तमान सांसद थापा मगर संसद्को कृषि समितिको सभापति पनि भइन् । प्रचण्ड प्रधानमन्त्री भएको समयमा पूर्वी रुकुममा बजेट नपरेको भन्दै थापा मगरले संसदको रोस्टमबाटै पूर्वी रुकुम हराएको सूचना भन्दै प्रचण्डलाई व्यङ्ग्य गरेकी थिइन् ।
८० प्रतिशत मगर समुदाय भएको पूर्वी रुकुममा त्यहीँ जन्मिएर हुर्किएकी थापा मगर नेकपा संयोजक प्रचण्डलाई टक्कर दिने तयारीमा छिन् । सोझा–सिधा रुकुमेली जनतालाई युद्धमा होम्ने प्रचण्डले अहिले आएर माओवादी जनयुद्धको आधारभूमि रुकुम भन्न नमिल्ने उनको तर्क छ ।
तीन–तीन पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले रुकुमेली जनतालाई बेवास्ता गरेको जस्ता मूल मुद्दा बनाएर निर्वाचनमा होमिएकी थापा मगरसँग निर्वाचनकै विषयमा केन्द्रित रहेर रातोपाटीको ‘वारपार’मा गरिएको अन्तर्वार्ता :
भिडियो/फोटो : मनोज खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण