जर्मनीको सिएमटी मेलामा नेपालको सहभागिता
सारांश
- नेपालले जर्मनीको सिएमटी मेलामा भाग लियो।
- मेलाको उद्देश्य युरोपेली बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु थियो।
- मेलामा नेपालका पर्यटन व्यवसायीहरूले भाग लिएका थिए।
काठमाडौँ । नेपालले जर्मनीको स्टुटगार्टमा आयोजित प्रतिष्ठित क्याराभान, मोटर तथा पर्यटन मेला (सिएमटी) मा सहभागिता जनाएको छ ।
युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यही जनवरी १७ देखि २५ सम्म मेला आयोजना गरिएको थियो । उक्त मेलामा नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घ (एनजिसिसिआई) का अध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाली व्यवसायीको टोलीको संयोजनको जिम्मेवारी प्राप्त गरेका थिए । उनले राससलाई भने, “यो मेला नेपाल र जर्मनको पर्यटनलाई जोड्ने महत्त्वपूर्ण पुल हो ।”
उनीसँगै नेपाल राइजन ट्रेक्स एन्ड एक्स्पीडिसनका शेरबहादुर परियार, जर्मनीमा आधारित शेर्पा राइजन जिएमएचडिका नाम्ग्याल शेर्पा र साङ्ग्रिला राइजनका प्रतिनिधिसमेत सहभागी थिए । सहभागी सबै पर्यटन व्यवसायी जर्मनी तथा युरोपेली बजारमा विशेष गरी तीन दशकभन्दा बढी अनुभव भएका अनुभवी उद्यमी रहेको अध्यक्ष कुँवरले बताए ।
उक्त सहभागिताको उद्देश्य जर्मनीमा नेपालको पर्यटन प्रवर्द्धनलाई अझ सुदृढ बनाउनु रहेको थियो । मेलामा उनीहरूले नेपालको पर्यटन उत्पादन, साहसिक गन्तव्य, सांस्कृतिक सम्पदा तथा दिगो पर्यटनका अवसरलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेका थिए ।
यस वर्षको सो मेलामा दुई लाख ६६ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो । मेलामा एक हजार ६०० प्रदर्शकले आफ्ना उत्पादन तथा सेवा प्रस्तुत गरेका थिए भने विभिन्न देशहरूका प्रतिनिधिको सहभागिता थियो । उक्त मेला पहिलो पटक सन् १९६८ मा आयोजना गरिएको थियो ।
सुरुमा मोटरस्पोर्ट तथा मनोरञ्जन प्रदर्शनीका रूपमा प्रारम्भ भएको यो मेला समयक्रममा विकसित हुँदै आज पर्यटन, क्याराभानिङ र मनोरञ्जन क्षेत्रको विश्वकै ठुला सार्वजनिक व्यापार मेलामध्ये एकको रूपमा स्थापित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण