बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

शानदार पुनरागमन गर्दै बार्सिलोनाको महत्त्वपूर्ण जित

बिहीबार, १५ माघ २०८२, ०३ : ४९
बिहीबार, १५ माघ २०८२

सारांश

  • च्याम्पियन्स लिगमा बार्सिलोनाले कोपेनहेगनलाई ४-१ गोलले पराजित गर्यो।
  • बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो।
  • लेवान्डोस्की, यामाल, राफिन्हा र रासफोर्डले बार्सिलोनाका लागि गोल गरे।

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत नेपाली समयअनुसार बिहीबार सम्पन्न खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै कोपेनहेगनलाई ४–१ ले पराजित गरेको छ । सुरुवातमै गोल खाएर पछि परेको बार्सिलोनाले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको चौथो मिनेटमै कोपेनहेगनका भिक्टर डादासनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बराबरी गोल गर्न नसकेको बार्सिलोना दोस्रो हाफमा भने पूर्ण रूपमा रूपान्तरित देखियो ।

४८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि ६०औँ मिनेटमा युवा स्टार लामिन यामालले शानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६९औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता अझ फराकिलो बनाए भने ८५औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

यस जितसँगै बार्सिलोनाले ८ खेलबाट १६ अंक जोडेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप