काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
सारांश
- काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली चलायो।
- गोली लागेर लुटेरा समूहका एक नाइके घाइते भए, उनलाई ट्रमा सेन्टरमा लगियो।
- प्रहरीले उपत्यकामा लुटपाट गर्ने १० जनालाई पक्राउ गर्यो, दुई प्रहरी घाइते भए।
काठमाडौँ । काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो ।
गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका एसपी रमेश थापाले रातोपाटीलाई बताए ।
प्रहरीले दुई राउन्ड गोली चलाएको हो । उपत्यकामा लुटपाट आतङ्क मच्चाउँदै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन् ।
आरोपीहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरमा लुटपाट आतङ्क मच्चाउँदै आएका थिए । पक्राउ परेका लुटेराहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण