माधव नेपाल अस्पताल भर्ना, आजै डिस्चार्ज हुने
बिहीबार, १५ माघ २०८२, १२ : १६
सारांश
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चिसोका कारण रुघा, खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ।
- चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना गरिएका नेपाललाई सामान्य समस्या रहेको र आज डिस्चार्ज गरिने तयारी छ।
- सचिवालयका अनुसार सास फेर्न गाह्रो भएपछि चेकअपका लागि अस्पताल लगिएको थियो।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । चिसोका कारण नेपाललाई रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
नेता नेपालका सहयोगी लक्ष्मण रेग्मीले जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको र आज बिहीबार डिस्चार्ज गर्ने तयारी भएको बताए ।
‘सामान्य रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो समस्या भएपछि चेक गर्न जानु भएको हो । एकदिन अस्पतालमा राखेर उपचार गर्दा राम्रो हुने भनेपछि भर्ना गरिएको हो’, रेग्मीले भने, ‘अबको केही घण्टामा डिस्चार्ज हुँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण