निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
नेपालगञ्ज । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् ।
दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।
जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै आयोगले निर्वाचनको नियमन तथा अनुगमनसमेत गर्ने बताए ।
निर्वचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जिल्लामा देखिएका केही अप्ठेरो अवस्थाका विषयमा जिज्ञासा आएको र त्यसलाई सम्बोधन गरिएको जानकारी दिँदै राजनीतिक दल र उम्मेदवार निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताए ।
निर्वाचनलाई भयरहित,मर्यादित बनाउन आचारसंहिता पालनमा जोड दिइएको उनको भनाइ छ । निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा आज निर्वाचन क्षेत्र नं २ ले पनि सर्वदलीय बैठकको आयोजना गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए ।
सो सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधि, स्वतन्त्रतर्फका उम्मेदवारलगायत सहभागी थिए । यसअघि निर्वाचन क्षेत्र नं ३ को सर्वदलीय बैठक सपन्न भइसकेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा कूल तीन लाख ५० हजार ३७१ जना मतदाता रहेका छन् । यसैबिच बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी छनोट भएका छन् ।
जनपथतर्फ दुई हजार १८८ र सशस्त्र प्रहरीतर्फ ३०३ जना छनोट भएको जिल्ला प्रहररी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
उनका अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन प्रहरीले सहयोग गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण