बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय लगानी सहजीकरण गर्न आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकियो

बिहीबार, १५ माघ २०८२, २१ : २३
बिहीबार, १५ माघ २०८२

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति (फोकल पर्सन) नियुक्त गरेको छ ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिसँग समन्वय गर्दै नेपालमा लगानी भित्र्याउने कार्यमा सहजीकरण गर्नेछन् ।

साथै, नेपालमा लगानीसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने, सूचना आदानप्रदान गर्ने तथा लगानी प्रक्रियामा देखिएका समस्याको समाधानमा भूमिका निर्वाह गर्नेछन् ।

केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिले लगानीसम्बन्धी विषयमा सम्पर्क व्यक्तिको व्यवस्था भए लगानीको प्रवर्द्धन र सहजीकरणमा थप प्रभावकारी भूमिका खेल्न सकिने धारणा व्यक्त गरेका थिए । लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकिएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप