निर्वाचनलाई शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निश्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा सतर्कता अपनाउन वरिष्ठ अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित ‘निर्वाचन लक्षित वरिष्ठ अधिकृत सम्मेलन’मा महानिरीक्षक अर्यालले निर्वाचन प्रहरीलाई मर्यादित र सभ्य व्यवहार गर्दै परिचालित हुन निर्देशन दिए । उनले ‘फिल्ड’ मा खटिएका ‘कमाण्डर’ निर्वाचन लक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहेको बताए । निर्वाचनमा सशस्त्र प्रहरी कर्मचारीले कुनै पनि राजनीतिक दलको पक्ष नलिई उम्मेदवारसँग सम्पर्कमा रहिरहन आदेश दिए ।
सम्मेलनमा निर्वाचन सुरक्षा चुनौती, विद्यमान परिस्थतिलगायत विविध विषय र निर्वाचनका समयमा कुनैपनि मानवीय क्षति हुन नदिनेतर्फ अन्य सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सम्मेलनमा सशस्त्र प्रहरीका सम्पूर्ण बाहिनीपति ‘भर्चुल’ माध्यमबाट सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण