यूपी वारियर्सलाई हराउँदै आरसीबी फाइनलमा
सारांश
- रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) महिला प्रिमियर लिगको फाइनलमा पुग्ने पहिलो टोली बन्यो।
- आरसीबीले यूपी वारियर्सलाई ९ विकेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो।
- ग्रेस ह्यारिसको आक्रामक ब्याटिङ र कप्तान स्मृति मन्धानाको अर्धशतकले आरसीबीलाई जित दिलायो।
वडोदरा । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) महिला प्रिमियर लिग (डब्लुपीएल) को चौथो सिजनको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बिहीबार भएको खेलमा यूपी वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै आरसीबीले उपाधि भिडन्तका लागि आफ्नो स्थान सुरक्षित गरेको हो।
कोटम्बी स्टेडियममा टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले यूपी वारियर्सलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रनमा सीमित गरिदियो। यूपीका लागि कप्तान मेग ल्यानिङ र दीप्ति शर्माले ७४ रनको ओपनिङ साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए। ल्यानिङ ४१ रनमा आउट भएपछि यूपीको ब्याटिङ लाइनअप धर्मराउन पुग्यो।
दीप्तिले ५५ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। आरसीबीका लागि नदीन डी क्लर्कले घातक बलिङ गर्दै ४ विकेट लिइन् भने ग्रेस ह्यारिसले २ विकेट झारिन्।
१४४ रनको लक्ष्य पछ्याएको बेंगलुरुले विष्फोटक ब्याटिङ गर्दै मात्र १३.१ ओभरमा १ विकेट गुमाएर जित हात पार्यो। आरसीबीका लागि ग्रेस ह्यारिस र कप्तान स्मृति मन्धानाले ९ ओभरमै १०८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे।
ह्यारिसले मात्र ३७ बलमा ७५ रनको आक्रामक पारी खेलिन्। मन्धानाले ५४ रनमा अविजित रहँदै टोलीलाई जिताइन् भने जोर्जिया वोलले १६ रनको योगदान दिइन्।
८ खेलमा छैटौँ जित हात पार्दै बेंगलुरुले सिधै फाइनलमा प्रवेश गरेको हो। अर्कोतर्फ पाँचौँ हार व्यहोरेको यूपी वारियर्स प्रतियोगिताबाट लगभग बाहिरिएको छ।
अब यूपीलाई अघिल्लो चरण प्रवेशका लागि आफ्नो अन्तिम खेलमा दिल्लीलाई ठूलो अन्तरले हराउनुपर्नेछ भने मुम्बईको हारको प्रतीक्षा गर्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण