बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली

शुक्रबार, १६ माघ २०८२, ०९ : ३२
शुक्रबार, १६ माघ २०८२

सारांश

  • केपी शर्मा ओलीले शहीद दिवसमा शुभकामना दिँदै लोकतान्त्रिक अधिकारको बीउ शहीदहरूले रोपेको बताए।
  • ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स्मरण गरे, जसलाई राणा शासनले मृत्युदण्ड दिएको थियो।
  • उनले कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनले निरंकुश शासनको अन्त्य गरेको र लोकतान्त्रिक अधिकार स्थापना गरेको बताए।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका शहीदहरुले रोपेको बताएका छन् ।  शहीद दिवशका अवशरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने गर्ने आन्दोलनको बीउ शहीदहरुले रोपेको उल्लेख गरे ।

अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गरे । यस्तो शासनको अन्त्य गर्न कम्यूनिष्ट र का‌ग्रेसको सहकार्यले महत्वपूर्ण योगदान गरेको उनको भनाइ छ ।

 ‘निरंकुश जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्यूनिष्ट र का‌ग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार ’’ सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले भनेका छन्।

अध्यक्ष ओलीले आजको दिनलाई केवल क्यालेण्डरको एउटा मिति जस्तो मात्र लागे पनि विगतलाई हेर्ने हो भने यो स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा थाहा हुने बताए । अध्यक्ष ओलीले शहीदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिवद्धता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप