पोखरामा शनिबारदेखि महिला साफ यू-१९, चार देशले प्रतिस्पर्धा गर्ने
सारांश
- भोलिदेखि पोखरामा साफ यू-१९ महिला च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदैछ।
- प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहनेछ।
- प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ र पोखराको खेल क्षेत्रलाई यसले उकास्नेछ।
पोखरा । पोखरामा भोलिदेखि दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) को यू–१९ महिला च्याम्पियनसिप प्रतियोगिता हुँदैछ । राजधानी काठमाडौँ बाहिर पहिलो पटक पोखरामा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सबै तयारी पूरा भैसकेको आयोजकले जनाएको छ ।
२५ गतेसम्म हुने प्रतियोगितामा नेपाल सहित चार देशको सहभागिता हुनेछ । साफका महासचिव पुरुषोत्तम कट्टेलका अनुसार, नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता जनाउने छन् । सहभागी टोलीका लागि पोखरा लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । यसअघि २०७६ सालमा १३ औँ साग (महिला फुटबल) निर्माणाधीन मैदानमै खेलाइएको थियो ।
त्यसयताको ७ वर्षमा नयाँ संरचना बनेपनि पोखरामा कुनै पनि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता भएको थिएन । आहा रारा गोल्डकप र स्थानीय खेल मात्र हुँदै आएको यो रङ्गशालामा हुन लागेको साप च्याम्पियनसिपले पोखराको खेल क्षेत्रको उन्नति हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण