केपी ओलीमाथि हत्याको आरोप लगाउने षड्यन्त्र भइरहेको छ: महेश बस्नेत
सारांश
- एमाले सचिव महेश बस्नेतले केपी ओलीविरुद्ध व्यक्ति हत्याको आरोप लगाउने षड्यन्त्र भइरहेको आरोप लगाए।
- उनले रवि लामिछानेमाथि प्रहार गर्दै देशभरका १४ हजार कैदी भागेको र त्यसको जिम्मेवारी लिनुपर्ने बताए।
- बस्नेतले युवाहरूलाई उकासेर ध्वंसात्मक गतिविधिमा संलग्न गराउनेहरूको हिसाबकिताब गरिने चेतावनी दिए।
काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्याको आरोप लगाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन्। राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै बस्नेतले राजनीतिक स्वार्थका लागि अध्यक्ष ओलीलाई फसाउने प्रपञ्च रचिएको टिप्पणी गरेका हुन्।
सचिव बस्नेतले गत भदौ २३ गतेको 'जेन–जी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिको स्मरण गर्दै तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने र सहिद घोषणा गर्ने उदाहरणीय निर्णय गरेको बताए। तर, भदौ २४ गते देशका सुरक्षा निकाय र संविधानलाई नै चुनौती दिँदै राज्यका महत्वपूर्ण अंगहरू ध्वस्त पार्ने खेल खेलिएको उनको भनाइ छ। आन्दोलनका नाममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संवैधानिक निकाय जलाउने षड्यन्त्र कसको इशारामा भयो भन्दै उनले प्रश्न समेत गरे।
सम्बोधनका क्रममा बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि कडा प्रहार गरे। लामिछानेसँगै देशभरका कारागारबाट १४ हजार कैदी भागेको दाबी गर्दै उनले त्यस क्रममा भएका मृत्यु र अपराधको जिम्मेवारी लामिछानेले लिनुपर्ने जिकिर गरे। भागेका कैदीमध्ये केहीले आफ्नै परिवारका सदस्यको हत्या गरेको घटना उल्लेख गर्दै उनले मुलुकमा भएको लुटपाट र आगजनीको क्षतिपूर्ति रवि लामिछाने र बालेन शाहले भर्नुपर्ने बताए।
एमाले नेता बस्नेतले युवाहरूलाई उकासेर ध्वंसात्मक गतिविधिमा संलग्न गराउनेहरूको एक-एक हिसाब गरिने चेतावनी दिएका छन्। देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नरहेको दाबी गर्दै उनले अराजकता फैलाउने तत्वहरू विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण