अमेरिकी दूतावासद्वारा आयोजित ‘क्रिएटर मेला २०२६’ सम्पन्न
सारांश
- अमेरिकी दूतावासले काठमाडौँमा 'क्रिएटर मेला २०२६' आयोजना गर्यो, जसले डिजिटल सर्जकहरूलाई व्यवसायिक सफलताको मार्गचित्र दियो।
- मेलाको मुख्य उद्देश्य डिजिटल सामग्री सिर्जनालाई दिगो व्यवसाय र उद्यमशीलतामा रूपान्तरण गर्नु थियो, जसमा ५० भन्दा बढी विज्ञ सहभागी थिए।
- 'पिच टु सक्सेस' सत्रमा क्रिएटरहरूले व्यावसायिक योजना प्रस्तुत गरे, र मेलाले नेपाली डिजिटल इकोनोमीलाई व्यावसायिक बनाउन सघाउ पुर्यायो।
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो बहु-सहर यात्राको भव्य समापन गर्दै काठमाडौँमा 'क्रिएटर मेला २०२६' आयोजना गरेको छ। माघ १६ र १७ गते ठमेलस्थित एलाफ्ट होटलमा सञ्चालन भएको दुई दिने यस विशेष मेलाले नेपाली डिजिटल सर्जकहरूलाई व्यावसायिक सफलताको मार्गचित्र प्रदान गरेको छ।
यस वर्षको मेला ‘दृष्टिकोण देखि उद्यमसम्म’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको थियो। मेलाको मुख्य उद्देश्य केवल डिजिटल सामग्री सिर्जनामा मात्र सीमित नभई त्यसलाई एक दिगो व्यवसाय र उद्यमशीलतामा रूपान्तरण गर्नु रहेको छ। चितवन र नेपालगन्जपछि काठमाडौँमा भएको यो समापन कार्यक्रममा देशभरका उदीयमान तथा स्थापित क्रिएटरहरूको बाक्लो उपस्थिति रहेको थियो।
मेलामा ५० भन्दा बढी ख्यातिप्राप्त क्रिएटर, उद्योग विज्ञ र कलाकारहरूको सहभागिता थियो। सहभागीहरूले प्रियङ्का कार्की, आयुष्मान् जोशी, सज्जन राज वैद्य, नितेश जङ्ग कुँवर, याबेश थापा, टु बी गेमर र लेक्स लिम्बु जस्ता स्थापित व्यक्तित्वहरूको अनुभवबाट सिक्ने अवसर पाएका थिए। कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ सत्र रहेको थियो, जहाँ छनोटमा परेका क्रिएटरहरूले आनन्द बगरिया, क्याबिनेट श्रेष्ठ र विशाखा खड्का कुँवर जस्ता शीर्ष कर्पोरेट नेतृत्वकर्ताहरूमाझ आफ्ना व्यावसायिक योजनाहरू प्रस्तुत गरी प्रत्यक्ष मार्गदर्शन प्राप्त गरे।
सन् २०२३ मा सुरु भएको 'क्रिएटर मेला' अहिले चौथो संस्करणसम्म आइपुग्दा नेपालको डिजिटल इकोनोमीलाई व्यावसायिक बनाउने एक प्रमुख प्लेटफर्मको रूपमा स्थापित भएको छ। अमेरिकी प्रविधि, प्लेटफर्म मुद्रीकरण र डिजिटल व्यवसाय विकासका विज्ञताहरू समावेश गरिएको यस मेलाले नेपाली क्रिएटरहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न र आर्थिक रूपमा सबल बन्न मद्दत पुग्ने विश्वास दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले व्यक्त गरेका छन्।
तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण