कविता
एउटा बिहानी रोज्न देऊ
शुक्रबार, १६ माघ २०८२, १६ : २३
सारांश
- कविले जीवनका विलापहरूमा आफूलाई रुन र रमाउन दिन आग्रह गरेका छन्।
- कविले जीवनका कथाहरू र व्यथाहरूलाई आँखामा सजाउन चाहन्छन्।
- कविले सपना र बिपना बोकेका पाइलाहरूलाई बिहानी रोज्न आग्रह गरेका छन्।
जिन्दगीका यी संलापहरूमा
एकछिन् मलाई रूझ्न देऊ
जिन्दगीका यी विलापहरूमा
एकछिन मलाई रून देऊ
स्वादहीन आकाशसँगै भिजेको
त्यो चिसो-चिसो बोझिलो शोकहरू
अझै छातीसम्म पुग्न सकेको छैन
आँखाभरि रूझेर आँखामै सुकेका
ती आराधनाहरू
अझै मनभरि फुल्न सकेको छैन ।
जिन्दगीसँग थुप्रै कथाहरू छन्
जिन्दगीसँग थुप्रै व्यथाहरू छन्
ती कथाहरू ती व्यथाहरूलाई
एकछिन भए पनि आँखाभरि सजाउन देऊ ।
प्रत्येक आँखाहरूमा सपना हुन्छ
प्रत्येक बिहानीहरूमा विपना हुन्छ
सपनासँगै विपना बोकेका
समयविहीन ती पाइलाहरूलाई
अझै एउटा बिहानी रोज्न देऊ ।
जिउँदो हुनुको अर्थ
खोज्दा-खोज्दै निदाएका
आफ्नै स्वाभिमानका इतिहासहरूमा
मलाई एउटा उचाइ थप्न देऊ
आत्मोत्सर्ग खोजिरहेका
मान्छेका आवाजहरूलाई
एकछिन भए पनि मुस्कुराउन देऊ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण