सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ ।
कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो ।
अहिले यो ठाउँ युवा र बालबालिकाका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ । समयसमयमा सार्वजनिक कार्यक्रम हुने गरेका छन् ।
सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना बनाइएको हो ।
वरिष्ठ इञ्जिनियर अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर तीन इञ्च मलिलो माटो राखिने छ । यसमाथि घाँस रोपिनेछ । चउरमा छ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका आठ वटा आकाशे पानी संकलन पिट हुनेछ ।
यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा महानगरको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण