जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च
काठमाडाैँ । जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ । सन् २०२५ मा आत्महत्याका घटना लगातार दोस्रो वर्ष उच्च सङ्ख्यामा भएको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।
सन् २०२५ मा उच्च माध्यमिक विद्यालयका ३५२ विद्यार्थीले आत्महत्या गरेका थिए भने निम्न माध्यमिक विद्यालयका १७० जना र प्राथमिक विद्यालयका १० विद्यार्थीहरूले आत्महत्या गरेका थिए।
रिपोर्टका अनुसार १९ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूमा आत्महत्याको लागि स्कूलसँग सम्बन्धित मुद्दाहरू सबैभन्दा सामान्य कारक थिए भने स्वास्थ्य र पारिवारिक समस्याहरू थिए ।
आत्महत्या गर्ने केटीको सङ्ख्या २७७ भएको पाइएको छ । यो एक वर्ष अघिको तुलनामा १३ जना कम हो । गत हप्ता आत्महत्या गर्ने विद्यार्थीमा २५५ जना केटा थिए भने योृ अघिल्लो बर्षको तुलनामा १६ जनाले कमी हो ।
जापानमा सन् २०२२ यता बालबालिकामा आत्महत्या गर्ने दर वार्षिक ५०० भन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण