निर्वाचनमा ट्रान्सजेन्डर यौन श्रमिक : मुद्दा सम्बोधन गर्ने दललाई मात्रै हाम्रो मत
सारांश
- आगामी निर्वाचनमा ट्रान्सजेन्डर यौन श्रमिक समुदायले आफ्नो राजनीतिक अधिकारका लागि आवाज उठाएका छन्।
- काठमाडौँमा आयोजित कार्यशालामा उनीहरूले आफ्ना मुद्दालाई प्राथमिकता दिने उम्मेदवारलाई मतदान गर्ने बताए।
- पहचान र सामाजिक विभेदका कारण उनीहरू नागरिकता र मतदान प्रक्रियाबाट वञ्चित छन्।
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहँदा सिमान्तकृत ट्रान्सजेन्डर यौन श्रमिक समुदायले आफ्नो राजनीतिक अस्तित्व र अधिकारका लागि आवाज बुलन्द पारेका छन्। काठमाडौँमा आयोजित दुई दिने विशेष कार्यशालामा सहभागीहरूले आफ्ना भावना र मुद्दालाई प्राथमिकता दिने उम्मेदवारलाई मात्र मतदान गर्ने स्पष्ट पारेका हुन्।
'मायाको संसार' नामक संस्थाद्वारा आयोजित ‘नीति शक्ति र प्रतिनिधित्व’ विषयक कार्यशालामा सहभागीहरूले राजनीतिमा आफ्नो समुदायको पहुँच र प्रतिनिधित्वको माग गरे। सहभागी आभा क्षेत्रीले मत दिनुअघि दलहरूको घोषणापत्रमा आफ्नो समुदायका समस्या समेटिएका छन् वा छैनन् भन्ने कुरालाई मुख्य आधार बनाउने बताइन्।
कार्यशालामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले भोग्नुपरेका व्यावहारिक कठिनाइहरूबारे गम्भीर छलफल भएको थियो। संस्थाकी अध्यक्ष सुनिता लामाका अनुसार पहिचान नखुलेकै कारण धेरै ट्रान्सजेन्डर यौन श्रमिकहरू नागरिकता र मतदाता परिचयपत्रबाट वञ्चित छन्। सामाजिक विभेद र गाउँघरमा हेरिने नकारात्मक दृष्टिकोणका कारण निर्वाचनका बेला उनीहरूलाई ढुक्कसँग मतदान केन्द्रसम्म पुग्ने वातावरण अझै नबनेको सहभागीहरूको गुनासो छ।
आगामी फागुन २१ का लागि तय भएको निर्वाचनलाई लक्षित गरी गरिएको यो कार्यक्रममा बागमतीसहित विभिन्न प्रदेशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसले वर्षौँदेखि ओझेलमा परेको यो समुदाय अब आफ्नो अधिकारका लागि राजनीतिक रूपमा सचेत र सङ्गठित हुँदै गएको सङ्केत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण