सम्बन्ध विच्छेदका कारण बालश्रम बढ्दै
सारांश
- सम्बन्ध विच्छेदका घटनाले बालबालिकालाई श्रममा धकेल्दैछ।
- आर्थिक अभाव, भावनात्मक अस्थिरता र अभिभावकत्वको कमीले बालश्रम बढ्दैछ।
- सरोकारवालाहरूले बालश्रम न्यूनीकरणका लागि योजना बनाउनुपर्ने बताए।
भोजपुर । सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् ।
वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् । आमा–बुवाको सम्बन्ध विच्छेद सिर्जित आर्थिक अभाव, भावनात्मक अस्थिरता तथा अभिभावकत्वको कमीका कारण उनीहरू घरेलु काम, होटल, सवारीसाधन मर्मत गर्ने ग्यारेज, कृषि तथा साना उद्योगमा श्रम गर्न विवश भेटिन्छन् ।
साल्पासिलिछो गाउँपालिकाका एक १६ वर्षीय बालक खेतबारी जोत्नेदेखि अर्मपर्म तथा ज्यालादारी काम गर्दछन् । पारिवारिक बेमेलका कारण घरखर्च धान्न बाध्य भएर अरूको खेतबारीमा काम गर्नुपरेको बालकको भनाइ छ । स्थानीय सामाजिक अभियन्ताहरूका अनुसार सम्बन्ध विच्छेदपछि आमाबुवामध्ये एक जना रोजगारीका लागि बाहिरिनु, अर्काले पर्याप्त आम्दानी गर्न नसक्नु तथा पारिवारिक जिम्मेवारी कमजोर हुनु बालश्रम बढ्नुका मुख्य कारण बनेका छन् । अभिभावकको निगरानी र सहाराको अभावमा बालबालिका पढाइभन्दा श्रमतर्फ उन्मुख हुने गरेको उनीहरूको भनाइ छ ।
सम्बन्ध विच्छेदपछि बालबालिकाको संरक्षण, शिक्षा र मानसिक स्वास्थ्यमा राज्य तथा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने देखिएको छ । अभियन्ता सम्झना प्रधानका अनुसार बुवा–आमाको सम्बन्ध विच्छेदपछि पर्ने मनोवैज्ञानिक असरले बालबालिकाले पढाइ छाड्ने,आफन्तकहाँ गएर बस्ने तथा विभिन्न खालका काममा संलग्न हुने गतिविधि बढ्दै गएको छ ।
पारिवारिक बेमेलले बालबालिकालाई श्रममा धकेल्ने अवस्था सिर्जना हुने उहाँको भनाइ छ ।बालश्रम न्यूनीकरणका लागि परिवार परामर्श सेवा, अभिभावक सचेतना, विद्यालयमा पुनः भर्ना कार्यक्रम तथा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
सम्बन्ध विच्छेदको सामाजिक यथार्थसँगै त्यसबाट उत्पन्न बालश्रमको समस्यालाई समयमै सम्बोधन नगरे भविष्यमा अशिक्षा, गरिबी र सामाजिक विकृतिको चक्र अझै गहिरिने सरोकारवालाहरूको चिन्ता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण