संयुक्त राष्ट्रसङ्घले वित्तीय सङ्कटको सामना गरिरहेको छ : महासचिव गुटेरेस
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरू वार्षिक योगदान र संरचनात्मक कोष जम्मा गर्ने विषयमा पछाडि परेको कारण विश्व निकाय वित्तीय सङ्कटको बाटो तर्फ गइरहेको चेतावनी दिएका छन् ।
परिस्थितिगत गम्भीरताको विवरणसहित संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै गुटेरेसले वित्तीय नियमहरूमा सुधार गर्न वा सङ्गठनको वित्तीय पतनको वास्तविकताको सामना गर्न आग्रह गरेका छन् । अल जजिराका अनुसार उनले सम्बन्धित देशहरूलाई आफ्नो बकौैता तिर्न पनि आह्वान गरेका छन् ।
संस्थाको वित्तीय कमजोरीलाई उजागर गर्दै प्रवक्ता फरहान हकले विगतका वर्षहरूमा गरे जस्तै काम गर्न नगद भण्डार र तरलता नभएको पत्रकारहरूलाई बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीय निकायका लागि वासिङ्टनको आर्थिक सहयोग कटौती गर्न कदम चालेको समयमा यो अपिल आएको हो । ट्रम्प प्रशासनले संयुक्त राष्ट्रका धेरै एजेन्सीहरूबाट फिर्ता हुने योजना घोषणा गरेको छ भने ट्रम्पले “बोर्ड अफ पिस“ को पहललाई पनि बढावा दिएको जनाइएको छ ।
विद्यमान प्रणाली अन्तर्गत, संयुक्त राष्ट्रसङ्घको सदस्यता शुल्क घरेलु उत्पादन, ऋण स्तर र आर्थिक क्षमता जस्ता कारकहरूको आधारमा गणना गरिन्छ, जसमा संयुक्त राज्य अमेरिकाले मुख्य बजेटको २२ प्रतिशत, भने चिनले २० प्रतिशत योगदान गर्दछ ।
यसैबिच गुटेरेसले सन् २०२५ को अन्त्यमा, एक अर्ब ५७ करोड अमेरिकी डलर भुक्तानी बाँकी रहेको बताएका छन् । सुधारको आवश्यकतालाई जाेड दिँदै, उनले सबै सदस्य राष्ट्रहरूले पूर्ण र समयमै भुक्तानी गर्ने आफ्नो दायित्वका पुरा गर्नुपर्ने वा सदस्य राष्ट्रहरूले आसन्न वित्तीय पतन रोक्नका लागि विद्यमान नियमहरूलाई सुधार गर्नुपर्ने बताएका छन् ।
आर्थिक दबाब बढ्दै जाँदा पनि संयुक्त राष्ट्रसंघले यस महिनाको सुरुमा सन् २०२६ का लागि तीन अर्व ४५ करोड डलरको बजेट स्वीकृत गरेको छ जुन गत वर्षको तुलनामा ७ प्रतिशतले कम हो ।
सम्बोधन पत्रमा गुटेरेसले आगामी जुलाईसम्ममा संयुक्त राष्ट्रसङ्घकाे नगद भण्डारण समाप्त हुने सक्ने चेतावनी दिएका छन् । सङ्गठनको वेबसाइटमा प्रकाशित तथ्याङ्कले बिहीबारसम्म, संयुक्त राष्ट्रका १९३ सदस्य देशहरूमध्ये ३६ वटाले मात्र आफ्नो नियमित २०२६ योगदानहरू पूर्ण रूपमा भुक्तान गरेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण