आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साफ यू–१९ महिला फुटबलः घरेलु मैदानमा नेपाल भारतसँग पराजित

शनिबार, १७ माघ २०८२, १८ : ५९
शनिबार, १७ माघ २०८२

पोखरा । पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा घरेलु मैदानमा नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको दोस्रो खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । 

भारतकी पर्ल फर्नान्डेजले खेलको ४९ औं मिनेटमा गोल गर्दै जित दिलाइन् । भारत खेलभर नै हाबी भए पनि थप गोल गर्न सकेन । 

आजै भएको पहिलो खेलमा बंगलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो । बंगलादेशका लागि मोस्ट मुन्की अख्तरले ह्याट्रिकसहित ४ गोल गर्दा श्री मोति तृष्णा रानी र अल्पी अख्तरले पनि ह्याट्रिक पूरा गरे । अर्पिता विश्वास अर्पिता र मामोनि चक्माले एक एक गोल गरे । 

प्रतियोगिता २५ गतेसम्म चल्नेछ । काठमाडौं बाहिर यो च्याम्पियनसिप पहिलो पटक पोखरामा भएको हो । प्रतियोगितामा ४ देश सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप