साफ यू–१९ महिला फुटबलः घरेलु मैदानमा नेपाल भारतसँग पराजित
शनिबार, १७ माघ २०८२, १८ : ५९
पोखरा । पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा घरेलु मैदानमा नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको दोस्रो खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो ।
भारतकी पर्ल फर्नान्डेजले खेलको ४९ औं मिनेटमा गोल गर्दै जित दिलाइन् । भारत खेलभर नै हाबी भए पनि थप गोल गर्न सकेन ।
आजै भएको पहिलो खेलमा बंगलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो । बंगलादेशका लागि मोस्ट मुन्की अख्तरले ह्याट्रिकसहित ४ गोल गर्दा श्री मोति तृष्णा रानी र अल्पी अख्तरले पनि ह्याट्रिक पूरा गरे । अर्पिता विश्वास अर्पिता र मामोनि चक्माले एक एक गोल गरे ।
प्रतियोगिता २५ गतेसम्म चल्नेछ । काठमाडौं बाहिर यो च्याम्पियनसिप पहिलो पटक पोखरामा भएको हो । प्रतियोगितामा ४ देश सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
सुकेधारामा राप्रापा असन्तुष्ट पक्षको भेला
-
ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण