न्युजिल्यान्डसामु भारतको विशाल योगफल, ईशान किशनको शतक
सारांश
- भारत र न्युजिल्यान्डबीचको टी-२० खेलमा भारतले २७१ रनको विशाल स्कोर बनायो ।
- ईशान किशनले १०३ रनको शतकीय पारी खेले भने सूर्यकुमार यादवले ६३ रन बनाए ।
- भारतले न्युजिल्यान्डलाई २७२ रनको लक्ष्य दियो, यो शृङ्खला भारतले ३-१ ले जितिसकेको छ ।
एजेन्सी । तिरुवनन्तपुरमको ग्रीनफिल्ड स्टेडियममा भारत र न्युजिल्यान्डबिचको ५ खेलको टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई २७२ रनको विशाल लक्ष्य दिएको छ ।
भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि भारतीय टोलीले २० ओभरमा ५ विकेट गुमाएर २७१ रनको सानदार योगफल खडा गर्यो ।
भारतीय इनिङ्समा कुल २३ छक्का प्रहार भएका थिए । युवा ब्याट्सम्यान ईशान किशनले ४३ बलमा १०३ रनको शतकीय पारी खेले । उनको यस पारीमा ६ चौका र १० छक्का समावेश थिए, जसको स्ट्राइक रेट २३९.५३ रह्यो । यो ईशान किशनको टी–२० अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।
कप्तान सूर्यकुमार यादवले पनि विष्फोटक ब्याटिङ गर्दै ३० बलमा २१० को स्ट्राइक रेटमा ६३ रन बनाए । उनले आफ्नो पारीमा ४ चौका र ६ छक्का प्रहार गरे । सूर्यकुमारले यस क्रममा टी–२० अन्तर्राष्ट्रियमा आफ्नो ३ हजार रन पनि पूरा गरे, जुन सबैभन्दा कम बल सामना गरेर ३ हजार रन बनाउने कीर्तिमान हो ।
ईशान किशन र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ५७ बलमा १३७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । हार्दिक पान्ड्याले पनि १७ बलमा ४२ रनको पारी खेलेर टोलीको स्कोर उकास्न सहयोग गरे । अभिषेक शर्माले १६ बलमा ३० रन बनाएर राम्रो सुरुवात दिए पनि सञ्जु स्यामसन भने ६ बलमा मात्र ६ रन बनाएर आउट भए ।
न्युजिल्यान्डका बलरहरूका लागि यो खेल चुनौतीपूर्ण रह्यो । लकी फर्ग्युसनले २ विकेट लिए पनि, उनका ४ ओभरमा ४१ रन खर्चिए । मिचेल सान्टनर र ज्याकब डफीले पनि महँगा साबित भए । भारतले बनाएको २७१ रन टी–२० अन्तर्राष्ट्रियमा भारतको तेस्रो सर्वाधिक ठुलो योगफल हो । यो शृङ्खला भारतले पहिले नै ३–१ ले आफ्नो नाम गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण