प्रिमियर लिग
प्रिमियर लिगः वुल्भ्सविरुद्ध बोर्नेमाउथ विजयी
शनिबार, १७ माघ २०८२, २२ : ५४
सारांश
- शनिबारको खेलमा बोर्नेमाउथले वुल्भ्सलाई २-० गोलले पराजित गर्यो र महत्त्वपूर्ण तीन अंक जित्यो।
- एली जुनियर क्रुपीले ३३औं मिनेटमा गोल गर्दै बोर्नेमाउथलाई अग्रता दिलाए।
- इन्जुरी समयमा एलेक्स स्कटले गोल थप्दै बोर्नेमाउथको जित सुनिश्चित गरे, वुल्भ्सको पुनरागमनको सम्भावना समाप्त भयो।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा बोर्नेमाउथले वुल्भ्सलाई २–० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ । घरेलु मैदानमा संघर्षरत वुल्भ्सविरुद्ध बोर्नेमाउथले खेलको सुरुदेखि नै सन्तुलित प्रदर्शन गरेको थियो ।
खेलको ३३औँ मिनेटमा एली जुनियर क्रुपीले गोल गर्दै बोर्नेमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा यही गोल निर्णायक बनेको थियो । दोस्रो हाफमा वुल्भ्सले बराबरीको प्रयास गरे पनि गोल गर्न सकेन ।
खेल सकिनै लाग्दा इन्जुरी समयमा एलेक्स स्कटले अर्को गोल थप्दै बोर्नेमाउथको जित सुनिश्चित गरे । उक्त गोलसँगै वुल्भ्सको पुनरागमनको सम्भावना पूर्णरूपमा समाप्त भयो ।
जितसँगै बोर्नेमाउथले २४ खेलबाट ३३ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण